काठमाडौं । स्पेनिस बार्सिलोनाका जर्मन प्रशिक्षक हान्सी फ्लिक अगस्ट महिनाको ‘कोच अफ द मन्थ’ घोषीत भएका छन्।
बार्सिलोनामा आवद्ध भएको आफ्नो पहिलो महिनामा चार खेलमा चार जितपछि उक्त अवार्ड जितेका हुन्।
हान्सी फ्लिकलाई माइक्रोसफ्टसँगको सहकार्यमा अगस्टका लागि ला लिगा ईए स्पोर्ट्स ‘कोच अफ द मन्थ’ चयन गरिएको हो।
उनको नेतृत्वमा बार्सिलोनाले सिजनको उत्कृष्ट सुरुवात गरेको छ र हाल शीर्ष स्थानमा छ।
नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा एथलेटिक क्लबलाई बार्सिलोनाले २–१ ले पराजित गरेको थियो। रियल भालाडोलिडविरुद्ध ७–० को जित हात पारेको थियो भने मेस्टाल्लाविरुद्ध २–१ र रायो भालेकासविरुद्ध २–१ को जिते हासिल गरेको थियो।
शानदार डेब्यू गरेको उनले भिल्ला रियल र डिपोटिभो अलाभेसका प्रशिक्षकलाई भोटिङमा पछि पार्दै उपाधि जिते।


