काठमाडौं । एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्दै छन्।
सातदोबाटेस्थित एन्फा कम्लेक्समा हुने यी दुई टोलीबीचको खेल अप्राहन्न तीन बजेबाट सुरु हुनेछ।
जारी लिगमा दुई खेलमा एक जित एक हार व्यहोरेको आर्मी दोस्रो जितको खोजिमा रहेको छ। यता, जारी सिजन सुरुआतका दुई खेलमै १३ गोल व्यहोरेको सुदूर आर्मीलाई रोक्ने दाउमा हुनेछ।
तीन खेलमा तीन जितसहित कोशी प्रदेश ९ अंकका साथ शीर्ष स्थानमा छ।


