रोजबर्ड र चेल्सी मिनी बास्केटबलको उपाधीका लागि भिड्ने


ललितपुर । रोजबर्ड स्कूल र चेल्सी वल्र्ड स्कूल बाल दिक्षासदन स्कूलको आयोजनामा ललितपुरमा जारी  मिनी बास्केटबल च्याम्पियनसीप २०८१ को फाइनलमा पुगेका छन् ।

ललितपुरको ग्वार्को स्थित बाल दिक्षासदनको कोर्टमा भएको प्रतियोगिताको छात्रातर्फको सेमिफाइनलमा रोजबर्डले रातो बंगलालाई तथा चेल्सीले चाँन्दबाग इन्टनेसन स्कूललाई हराएर फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुग्ने क्रममा रोजबर्डले रातो बंगलालाई १४–९ ले पाखा लगाएको हो ।  यो खेलमा रोजबर्डकी सानवी श्रेष्ठले सर्वाधिक ६ अंक स्कोर गरिन् भने स्वर्णीका पराजुली प्लेयर अफ दि म्याच घोषित भइन् ।

यसैगरी अर्को सेमिफाइनलमा चेल्सीले चाँन्दबागलाई १६–११ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । खेलमा सर्वाधिक ६ अंक स्कोर गरेकी चेल्सीकी डेनिसा थापा प्लेयर अफ दि म्याच भइन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको