रोलर स्केटिङ्ग च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरेको नेपाली टिमलाई सम्मान


काठमाडौं । लायन्स क्लब अफ चाक्दिगनरद्वारा आयोजित प्रथम इन्डिया नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा ११ स्वर्णसहित पहिलो स्थान हासिल गरेको नेपाली टिम बधाइसहित सम्मान गरेको छ।

मंगलबार सहभागि खेलाडीलाई सम्मान गरिएको हो।

गत अगस्ट २५ मा भारतको कृष्णनगर नाडिया वेष्ट बंगालमा सम्पन्न उक्त प्रतियोगितामा नेपालले ११ स्वर्ण, ८ रजत र १२ कास्य पदक जितेको थियो।

नेपालको लागि ज्ञान संस्कार इन्टरनेशनल स्कुल, विल्सन एकेडेमि, श्री शिव नर्सिङ शिक्षालय, ट्रिटन सेकेन्डरी स्कुलका खेलाडीहरुको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको