सुदूरको पोस्टमा आर्मीको १४ गोल


काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी महिला फुटबल क्लबले एन्फा महिला लिगमा सानदार जित हासिल गरेको छ।

सातदोबाटेस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा आर्मी सुदूरपश्चिम प्रदेश महिला फुटबल संघलाई १४–१ गोलले पराजित गरेको हो।

आर्मीको जितमा दीपा शाहिले ह्याट्रिकसहित पाँच गोल गरिन्। यस्तै अनिता लम्जेल दुई, बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, बिमला बिक, सावित्रादेवी मगरले समान एक एक गोल गरिन् भने आर्मीले अर्को गोल उपहार पाएको थियो। सुदूरकी सान्ति बिकले आत्माघाती गोल गरिन्। यता सुदूरले पनि एक गोल उपहार पाएको थिए। आर्मीकी निलम सिंहले आत्माघाती गोल गरेकी हुन्।

पहिलो हाफमा आठ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो।

जितसँगै जारी सिजन तीन खेलबाट दुई जित एक हार व्यहोरेको आर्मीको ६ अंक पुगेको छ। लगातार तेस्रो खेलमा पराजय व्यहोरेको सुदूर अंकविहिन छ।

तीन खेलमा तीन जितसहित कोशी प्रदेश ९ अंकका साथ शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको