पञ्चकन्या नवप्रतिभा च्याम्पियन


चौतारा । पञ्चकन्या नवप्रतिभा युवा क्लब ‘ए’ ले ‘द च्याम्पियन कप’ खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित दरबारडाँडा खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा पञ्चकन्या ‘बी’ लाई १–० गाेलले पराजित गर्दै पञ्चकन्या ‘ए’  च्याम्पियन बनेकाे हो।

उपाधिसँगै पञ्चकन्या ‘ए’ ले ६० हजारसहित ट्रफी हात पार्यो। त्यस्तै उपविजाता पञ्चकन्या ‘बी’ ले ३० हजारमा चित्त बुझायो।

चौतारा स्पोर्टिङ क्लबको आयोजनमा गत २२ गतेदेखि सुरु भएको यस प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा पञ्चकन्या ‘ए’ का गोल रक्षक सुशान्त खड्कालाई उत्कृष्ट गोल रक्षकको उपाधीसहित ट्रफी पाए।

त्यस्तै पञ्चकन्या ‘बी’का राजकुमार लामा बेष्ट डिफेन्डर, गौराती भिलेजका कृश सापकोटा वेष्ट मिडफिल्डर, पञ्चकन्या ‘ए’ का श्री कृष्ण माम्बा बेष्ट स्टाइकर, तीन गोलसहित नेपाल माझी उथान संघ सिन्धुपाल्चोकका सर्वाधिक गोलकर्ता सुजन माझी र प्रतियोगिताको सर्वात्कृष्ट खेलाडी पञ्चकन्या ‘ए’ का सुमान लामा घोषित भए।

समापन तथा फाइनल खेलमा चाैताराका नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उप-प्रमुख सीता थापा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राम कृष्ण दंगाल, चौतारा स्पोर्टिङ क्लबका अध्यक्ष सविन श्रेष्ठ लगायतकाे उपस्थित रहेकाे थियाे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको