कोशीमाथि पुलिसको सहज जित


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबल एन्फा महिला लिग कोशी प्रदेश महिला फुटबल संघमाथि सहज जित हासिल गरेको छ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्मा बुधबार सम्पन्न दिनको पहिलो खेलमा पुलिसले कोशीमाथि ४–० को सहज जित हासिल गरेको हो।

पुलिसको जितमा अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती अमृता जैशीले समान एक एक गोल गरिन्।

जितसँगै जारी लिगमा चार खेलबाट पुलिसले १० अंक जोडेको छ। यस्तै कोशीले भने पहिलो पराजय व्यपहोरेको हो। सुरुआतका तीन खेलमा जित हासिल गरेको कोशीको विजयी यात्रामा पुलिस बाधक बनेको हो। कोशीको समान खेलबाट ९ अंक छ।

पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

खेलको २४औँ मिनेटमा अनुष्का शेर्पाले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाइन्। यस्तै दोस्रो हाफको ४०औँ सेकेन्डमा पुलिका लागि निर्मलाले गोल गर्दै २–० को अग्रता दिलाइन्।

त्यसपछि ८०औँ मिनेटमा सम्झनाले गोल गरेपछि पुलिसले खेलमा ३–० को अग्रता बनायो।

खेल सकिन दुई मिनेटबाँकी हुँदा अमृता जैशीले गोल गरेपछि पुलिस ४–० विजयी हासिल गर्यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको