आर्मी र बागमती तथा वालिङ र एपिएफ भिड्दै


काठमाडौं । एन्फा महिला लिगमा बिहिवार दुई खेल हुँदैछ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबको सामना गर्ने छ।

यी दुई टोलीबीचको खेल १२:३० बजेबाट सुरु हुनेछ।

यस्तै दोस्रो खेलमा वालिङ नगरपालिकाले अर्को विभागीय टोली एपिएफसँग खेल्नेछ। यो खेल ३:३० बजेबाट सुरु हुनेछ।

जारी लिगमा चार खेलबाट १० अंकसहित पुलिस शीर्ष स्थानमा रहेको छ। समान खेलबाट ९ अंक रहेको कोशी प्रदेश दोस्रो तथा तीन खेलेबाट सात अंक रहेको एपिएफ तेस्रो स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको