काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० गोलले पराजित गरेको हो।
आर्मीको जितमा आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले गोल गरिन्। यस्तै अर्को गोल आर्मीले उपहार पाएको थियो।
जितसँगै आर्मीले चार खेलबाट ९ अंक जोडेको छ। पराजित बागमती भने समान खेलबाट तीन अंकसहित छौटौँ स्थानमा छ।
पहिलो हाफमा १–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो।


