
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट शुक्रबार पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छिन्।
खेलप्रेमी, राष्ट्रिय प्रशिक्षकहरु तथा खेल पत्रकारले दिएको मतका आधारमा विजेता चयन हुने पिपल्स च्वाइस विधामा कविताले मनोनयनमा परेका कबड्डीकी मानमती बिष्ट, क्रिकेटका गुलशन झा, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई पछि पारिन्।