राष्ट्रपतिबाट एसियाली खेलपत्रकारहरू र स्पोर्ट्स अवार्ड विजेतालाई भेट


काठमाडौं । एसियाली खेलपत्रकाहरु पल्सर स्पोर्र्ट अवार्ड विजेता खेलाडीहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको भेट वार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) का पदाधिकारी र एनएसजेएफ पल्सर स्पोर्टस अवार्डका विजेताहरूको भेटमा राष्ट्रपति पौडेलले भेट वार्ता गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकासका लागि आफ्नो साथ र शुभकामना सधैं रहने बताए। उनले एआईपीएसका पदाधिकारी र अवार्ड विजेता बधाई तथा शुभकामना पनि दिए।

राष्ट्रपतिले एसियाली खेल पत्रकारको संगठन एआईपीएस एसियाको २५औं क्रंग्रेस आयोजनाका लागि नेपाली भूमि छानेकोमा धन्यवाद व्यक्तगरेका थियो।

एआईपीएस एसियाको कंग्रेसका लागि २८ देशका ८० प्रतिनिधि नेपालमा आएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको