
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका नवनियुक्त सदस्य–सचिव दिपक लामालाई आइतबार बधाइ दिदै स्वागत गरेका छन्। सातै प्रदेश खेलकुदका सदस्य–सचिव राखेपको पदेन सदस्य रहने व्यवस्था छ।
त्रिपुरेश्वरस्थित सदस्य–सचिव घिसिङकै कार्यकक्षमा भएको भेटका अवसरमा दुई पक्षबीच दसौं राष्ट्रिय खेलकुद, जिल्ला खेलकुद विकास समिति र त्यहाँ कार्यरत कर्मचारीको अवस्था, भौतिक पूर्वाधारको अवस्थालगायतका बारेमा कुराकानी भएको थियो।