ग्याब्रिगलको गोलमा आर्सनल विजयी


काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटेनह्याम हटस्परलाई पराजित गरेको छ।

टोटेनहम हटस्पर स्टेडियम आइतबार भएको खेलमा घरेलु टोलीमाथि पाहुना टोली आर्सनल १–० गोलले विजयी भएको हो।

आर्सनलको जितमा गाब्रियल मेगलहेसले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा ग्याब्रिगलले गोल गर्दै खेलमा १–० अग्रता दिलाएका थिए।

त्यसपछि बाँकी समय थप गोल नहुँदा आर्सनल विजयी भयो। जितसँगै आर्सनलले ४ खेलमा ११ अंक जोडेको छ। पराजित टोटेनहम भने समान खेलबाट चार अंकसहित १३औँ स्थानमा रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको