महिला लिगमा सुदूरको पाँचौं हार


काठमाडौं । एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार पाँचौं हार ब्यहोरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम वालिङ नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित भएको हो।

वालिङको जितमा भिओला नामुडुले ह्याट्रिक गर्दा ज्याकलिन नसाली र सुस्मा तामाङले समान एक गोल थपे। रितिका कार्कीले सुदूरपश्चिमका लागि एक गोल फर्काइन्।

खेलको १८औं मिनेटमा नामुडुको गोलमार्फत वालिङले अग्रता लिएको थियो। ४३औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन्।

नामुडुले ४५औँ मिनेटमा गोल गरह्याट्रिक पूरा गर्दा वालिङ ३–० ले अगाडि बढ्यो। पहिलो हाफको इन्जुरी समयमा नसालीले टोलीका लागि चौथो गोल गरिन्।

सुस्माले ५०औं मिनेटमा गोल गर्दै वालिङलाई ५–० को फराकिलो अग्रता दिलाइन्। ५४औं मिनेटमा रितिकाले गरेको गोल सुदूरपश्चिमका लागि सान्त्वाना बन्यो।

जितसँगै पाँच खेलमा नौ अंक जोडेको वालिङ पाँचौं स्थानमा छ। पाँचै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको