
काठमाडौं । काभा महिला क्लब च्याम्पियसिपमा भलिबल लिगमा लगातार तेस्रो जितेको लक्ष्यमा रहेको नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबको सामना गर्दै छ।
खेल नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ। माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको अघिल्ला दुवै खेलमा जित निकालेको पुलिसले ६ अंक जोडेको छ।
यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंका एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो।
डाइमेड भने जितविहिन छ। यसअघि डाइमेडले माल्दिभ्स पुलिस क्लब तथा हुमोसँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।