
काठमाडौं । एन्फा महिला लिगमा बुधबार दुई खेल हुँदैछ। सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा हुने दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकाको सामना गर्दा छ।
यो खेल मध्यान्ह १२ः३० मा सुरु हुनेछ। पुलिस अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ।
जारी सिजन पुलिस पाँच खेलमा ११ अंकका साथ तेस्रो स्थानमा छ। चन्द्रपुरलाई पराजित गर्न सके पुलिस दोस्रो स्थानमा उक्लिनेछ।
यता, चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछ। चन्द्रपुर पाँच खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ।
यस्तै, दिनको दोस्रो खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशसँग प्रतिस्पर्धा गर्दै। यो खेल दिउँसो ३ः३० बजेबाट सुरु हुनेछ।
दुवै टोली पहिलो जितको लक्ष्यमा छन्। कर्णाली पाँच खेलबाट एक अंकका साथ नवौं स्थानमा छ। यता पाँचै खेलमा पराजय ब्यहोरेको सुदूर अंकविहि रहेको छ।