
काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमै इन्टर मिलानसँग बराबरीमा रोकिएको छ।
घरेलु मैदान इत्तिहादमा बुधबार राति भएको खेलमा सिटी गोलरहित बराबरीमा रोकिएको हो।
यो नजितासँगै सिटी पाँच वर्षपछि घरेलु मैदानमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिन बाध्य भयो।
पहिलो खेलमै बराबरी खेलेपछि सिटी ३६ टोली सहभागी लिगको १४औं स्थानमा छ।
इन्टरका गोलकिपर यान समरले आधा दर्जन भन्दा बढी प्रहार रोक्दै इन्टरको संकट टारेका थिए।