काठमाडौं । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघ ले ७ सदस्सीय नेपाली रोल्लर स्केट टिम थाईल्याण्डको राजधानी बैंककमा सेप्टेम्बर २० देखि सेप्टेम्बर २४ सम्म एसियन स्केटिंग महासंघद्वारा आयोजना हुन गैरहेको इडुरेन्स इन्टर्नेशनल रोल्लर स्केटिङ्ग च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाउन त्यस तर्फ प्रस्थान गरेका छन्।
बुधबार एक कार्यक्रमकाबीच नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अधक्ष्य अच्युत खनालले ७ सदस्सीय नेपाली रोल्लर स्केट टोलिलाई बिदाई गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न हौसला प्रदान गरे। सो टोली असोज ९ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।


