महिला लिग : वालिङ र बागमती भिड्दै


काठमाडौं । एन्फा महिला लिगमा आज वालिङ नगरपालिका र बागमती युथ क्लब भिड्दैछन्।

यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज (बिहीबार) दिउँसो ३ बजे सुरु हुनेछ।

जारी लिगमा वालिङ पाँच खेलमा नौ अंक जोड्दै पाँचौं स्थानमा छ। यदि आज जित निकाले वालिङ चौथो स्थानमा उक्लिने छ।

यता, पाँच खेलबाट चार अंकका साथ आठौं स्थानमा रहेको बागमती वालिङलाई हराउन सके छैटौं स्थानमा पुग्ने लक्ष्यमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको