काठमाडौं । एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युवा क्लबमाथि सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोलले पराजित गरेको हो।
वालिङको जितमा सिसी एनटोङ्गो र ज्याकलिन नसालीले समान दुई गोल गरे।
खेलको २२औं मिनेटमा एनटोङ्गोको गोलमार्फत वालिङले सुरुआती अग्रता बनाएकाृ थियो। ४०औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
नसालीले ५४औं मिनेटमा गोल गर्दा वालिङ ३–० ले अगाडि बढ्यो। निर्धारित खेल सकिन सात मिनेट बाँकी छँदा नसालीले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई फराकिलो जित दिलाइन्।
जितसँगै ६ खेलमा १२ अंक जोडेको वालिङ चौथो स्थानमा उक्लिएको छ। पराजित बागमती समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ।


