काठमाडौं म्याराथानको असोज १२ मा


काठमाडौं । १६औं संस्करणको काठमाडौं म्याराथन असोज १२ गते हुने भएको छ। १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसंगै कुल ३ हजार भन्दा बढीको सहभागिता रहनेछ।

म्याराथनमा १७० ले सहभागिताका लागि नाम दर्ता गरेका छन्। त्यस्तै हाफ म्याराथन ५५० जनाले नाम दर्ता गरेका छन्। सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन्। फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ।

काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए। उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसंग छलफल भइरहेको पनि बनाए। उनका अनुसार दौडको सुचारु सञ्चालनका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक÷धाविकको पूर्ण सुरक्षा र दुर्घटनाको न्युनिकरणका लागि सबै प्रयास गरिनेछ।

म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ। यसले धावक धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ। दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ। हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ। यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट विहान ठीक ५स्१० बजे सुरु हुनेछ। आयोजकले दौडका बेला प्रयोग हुने रुट त्यस दिन पाँच घण्टाका लागि सकेसम्म आप्mनो सवारी सधान त्यस रुटमा प्रयोग नगरिदिन हुन पनि काठमाडौंबासीलाई अनुुरोध गरेको। श्रेष्ठले दौडका प्रमुख साझेदार र सहयोगी नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलगायत पत्रकार, निर्णायक, स्वंयसेवक, प्रायोजकलाई धन्यवाद पनि व्यक्त गरे।

श्रेष्ठले दौडको कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सहयोग गर्दै आएको ‘योर फेस बाई इन ड्राइभ’ लाई पनि विशेष धन्यवाद दिए। एनआरएस स्पोर्टस फाउन्डेसनले इन ड्राइभसंगको सहकार्यमा ‘योर पेस किप फिट सर्किट’ आठ सहरमा नियमित रूपमा विगत एक वर्षदेखि दौडको निःशुल्क प्रशिक्षण दिंदै आएको छ। सोही समूहबाट ४ सय ५० विद्यार्थीहरूले पनि काठमाडौं म्याराथनमा सहभागिता जनाउने छन्।

श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा उत्रेर हौसलना प्रदान गर्न पनि आह्वान गरेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको