काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हट्स्पटले दोस्रो जित निकालेको छ।
घरेलु मैदानमा शनिबार सम्पन्न पाँचौं साताको खेलमा टोटेनह्यामले पाहुना टोली बे्रन्टफोर्ड एफसीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
टोटेनह्यामको जितमा डोमिनिक सोलंके, ब्रेना जोनसन र जेम्स मेडिसनले समान एक गोल गरे। यता, ब्रेन्डफोर्डका लागि बार्यन एमबिमोले गरेको गोल सान्त्वना बन्यो।
खेलको पहिलो मिनेटमा मै बार्यनको गोलबाट सुरुआती अग्रता बनाएको ब्रेन्टफोर्डले उक्त अग्रता सात मिनेट पनि टिकाउन सकने।
घरेलु टोलीको लागि आठौँ मिनेटमा सोलंकले गोल गर्दै खेल १–१ गोलको बराबरी अबस्थामा ल्याए। २८औँ मिनेटमा जोनसनले गोल गर्दै अग्रता २–१ को बनाए।
पहिलो हाफमा २–१ को अग्रता बनाएको टोटेनह्यामको लागि ८५औँ मिनेटमा जेम्सले गोल गर्दै ३–१ जित पक्का गरे।
जितसँगै जारी सिजनमा पाँच खेलबाट सात अंक जोडेको टोटेनह्याम १०औँ स्थानमा उक्लिएको छ। पराजित ब्रेन्टफोर्ड भने समान खेलबाट ६ अंकसहित १२औँ स्थाानमा रहेको छ।
अन्य खेलको नतिजा
उल्भ्सविरुद्ध एस्टन भिल्ला (१–३) ले विजयी
न्युक्यासल युनाइटेडविरुद्ध फुलह्म (१–३) ले विजयी
लेस्टर सिटीविरुद्ध एभरटन (१–१) बराबरी
साउथ ह्यमटनविरु टाउन (१–१) को बराबरी


