
काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार वडा नं २१ र वडा नं २६ ले टाइब्रेकरमा जित हािसल गरेका छन् ।
लैनचौर फुटसल मैदानमा वडा नं २१ ले वडा नं २२ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । निर्धारीत समयकौ खेल १–१ ले बराबरीमा सकिएको थियो । वडा नं २१ का लागि साजन डङ्गोलले गोल गर्नुभयो । यसैगरी वडा २२ ले आत्मघाती गोल प्राप्त गरेको थियो ।
यसैगरी वडा नं २६ र वडा नं ३२ बिचको खेल पनि १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरबाट जितहारको छिनोफानो गरिएको थियो । टाइबे्रकरमा वडा २६ ५–४ ले विजयी भएको हो । निर्धारीत समयका वडा २६ का साजन शाही र वडा ३२ का विक्रम बिसुन्केले गोल गर्नुभएको थियो ।
अन्य खेलमा वडा १२ ले वडा ५ लाई २–१ र वडा ८ ले वडा ३१ लाई १–० ले पराजित गरे । वडा ३१ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा ८ खेल जित्न सफल भएको हो। यसैगरी वडा १२ लागि जित दिलाउन राज शाहीले दुवै गोल गरे। वडा न५ का लागि पुस्कर आचार्यलै एक गोल फर्काकाएका थियो ।