इन्जुरी समयमा गोल, बागमती विजयी


काठमाडौं । एन्फा महिला लिगमा बागमती युथ क्लबले विजयी हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेश फुटबल संघलाई बागमती युथ क्लबले १–० ले पराजित गरेको हो।

बागमतीको जितमा खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गिफ्टीले गोल गरिन्।

जितसँगै बागमती सात खेलबाट सात अंकसहित तालिकाको सातौँ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको