
काठमाडौं । सुजन डंगोलले ह्याट्रिक गरेको खेलमा नेपालले साफ यू-१७ मा पहिलो जित हासिल गरेको छ।
सोमबार भुटानमा भएको खेलमा नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो।
नेपाल जितमा सुजन डंगोलले ह्याट्रिक गर्दा विज्ञान खड्काले एक गोल थपे। जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ ।
पहिलो हाफमै सुजनले ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको नवौं, १३औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
८३औं मिनेटमा विज्ञानले गोल गर्दै नेपाल सहज जित पक्का गरे। पहिलो हाफको तुलनामा अत्याधिक बर्षाको कारण नेपालले त्यति राम्रो प्रदर्शन भने गर्न सकेन।
गत शनिबार पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको थियो।