महिला लिग : चन्द्रपुर र कोशीले अंक बाँडे


काठामाडौं । एन्फा महिला लिग चन्द्रपुर नगरपालिका र कोशी प्रदेश बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

चन्द्रपुरका लागि सुनिता सुनार र कोशीका लागि ममता राउतले गोल गरे।

यो नतिजासँगै जारी लिगमा आठ खेलबाट ११ अंक जोडेको कोशी पाँचौं स्थानमा छ। चन्द्रपुर समान खेलबाट आठ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको