वालिङको पोस्टमा आर्मीको आठ गोल


काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको आठौँ चराण्को खेलमा वालिङ नगरपालिकाविरुद्ध आर्मीले ८–० को फराकिलो जित हासिल हो।

आर्मीको जितमा चन्द्र भण्डारीले ह्याट्रिक गर्दा विमला विक र अमिशा कार्कीले समान दुई गोल थपे। एक गोल अत्मघाती उपहार स्वरुप प्राप्त भयो।

खेलको ३८औं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। ४२औं मिनेटमा चन्द्रले टोलीको अग्रता दोब्बर बनाइन्।

त्यसको दुई मिनेटपछि फातुमा नाकासुम्बाबाट आत्मघाती गोल हुन पुग्दा आर्मी ३–० ले अगाडि बढ्यो। चन्द्राले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्।

अमिशाले ६१ र ७१औं मिनेटमा गोल गर्दा आर्मीले ६–० को फरालिको अग्रता लियो।

चन्द्राले ७३औं मिनेटमा ह्यााट्रिक पूरा गरिन्। ९०औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सानदार जित दिलाइन्।

जितसँगै जारी लिगमा आठ खेलबाट १९ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको