पुलिसको सहज जित


काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशविरुद्ध सहज जित हासिल गरेको छ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आफ्ना अपराजित यात्रालाई आठौं खेलसम्म कायम राख्ने क्रममा पुलिसले कर्णालीमाथि ३–० को सहज जित निकालेको हो।

पुलिसको जितमा निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लावतीले गोल गरे।

खेलको ४४औं मिनेटमा निर्मलाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो।

मनिषाले ५५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन्। निर्धारित समय सकिन ८ मिनेट बाँकी रहँदा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाइन्।

जितसँगै आठ खेलमा १८ अंक जोडेको पुलिस तेस्रो स्थानमा छ। पराजित कर्णाली समान खेलबाट ४ अंकका साथ नवौं स्थानमा छ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको