चन्द्रापुरलाई हराउँदै वालिङ दोस्रो चरणमा


काठमाडौं । चन्द्रापुर नगरपालिकालाई हराउँदै वालिङ नगरपालिका सुपर लिगमा प्रवेश गरेको छ।

बिहिवार एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपरलाई २–१ गोलले पराजित गरेको हो।

वालिङको जितमा शुक्रिया मिया र ज्याकलिन नसालीले गोल गरिन्। चन्द्रपुरका लागि सुनिता सुनारले गोल फर्काइन्।

जितसँगै वालिङ ९ खेलमा १५ अंकका साथ चौथो स्थानमा छ। वालिङ एन्फा महिला लिगको दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको हो। पराजयसँगै समान खेलबाट ८ अंक जोडेको चन्द्रपुर आठौं स्थानमा रहेर बाहिरिएको छ।

खेलको छैटौं मिनेटमा शुक्रियाको गोलमार्फत वालिङले सुरुआती अग्रता लिएको थियो। ज्याकलिनले ३६औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन्।

सुनिताले ५०औं मिनेटमा गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको