कर्णालीकी जेनेप आउटर्यान नेपाल आईपुगिन्


काठमाडौं । ‘कर्णाली एश्विज’ टिमबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ खेल्न जेनेप आउटर्यान नेपाल आएकी छिन।

टर्किस भलिबल खेलाडी जेनेप बिहीबार नेपाल आईपुगेकी हुन्। आज उनलाई स्वागत गर्न ‘कर्णाली एश्विज’ टिम त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो। उनको आगमनसँगै टिममा थप उर्जा थपिएको र बलियो भएको ‘कर्णाली एश्विज’को विश्वास छ।

टर्किस खेलाडी जेनेपलाई केही समय अघिमात्र ‘कर्णाली एश्विज’ले आफ्नो टिममा अनुबन्ध गराएको थियो। आउटसाइड हिटर जेनेप आउटर्यान आफ्नो शक्तिशाली खेल क्षमताका लागि परिचित छिन। धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी जेनेपले सुल्तान्स लिगको समेत अनुभव बटुलिसकेकी छिन्। ‘युथ नेसन्स टिम’ अर्थात ‘युवा राष्ट्र टोली’ को समेत अनुभव लिईसकेकी जेनेपले बेस्ट स्पाईकर अर्वाड (पोर्चुगल) समेत हात पारिसकेकी छिन।

राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले अन्य थुप्रै अवार्डहरू पनि प्राप्त गरेकी छिन्। जेनेपको अनुसार उनको लागी भलिबल एक अनुशासन हो। उनी भन्छिन,‘मेरो विचारमा यो टीम वर्क, समर्पण र प्रेम हो। सिक्न र सिक्नेको लागि निरन्तर इच्छा हो। म आफ्नो अनुभव नेपाल ल्याएर आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।’

रमेश कर्पोरेसनले हेर्दै आईरहेको ‘कर्णाली यश्विज’ टिममा केही समय अघिमात्रै अक्री खेलाडी ग्याब्रीएल बेन्डा पनि अनुबन्धित भएकी थिईन। उनी अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी हुन्। खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ सुरु भएको ‘कर्णाली यश्विज’ टिमले नेपालमा पहिलो पटक हुन लागेको  ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को तयारीमा कुने कमी छोडेको छैन। जेनेप आउटर्यान र ग्याब्रीएल बेन्डाको उपस्थिति तथा भलिबल महिला टोलीको प्रमुख प्रशिक्षक कुमार राईको प्रशिक्षनले कर्णाली यश्विज’ टिमले ‘ट्रफी’ उचाल्नेमा टिम विश्वस्त छ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गईरहेको ‘एभरेष्ट वुमन भलिबल लिग’ यहीँ असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुँदैछ। लिगमा ६ टोलीको सहभागितामा हुनेछ।

कर्णालीको टिम
सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहोरा र पशुपति बोहरा


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको