जोन डेवी दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको सेमिफाइनलमा जोन डेवीले काष्ठमण्डपलाई २–० गोलले पराजित ग¥यो । उपाधिका लागि जोन डेवीले टीआईए र काठमाडौं वल्र्ड स्कुलको विजेतासंग खेल्ने छ ।
सिनियर ब्वाइजको फुटसलमा काठमाडौं प्रज्ञाकुञ्जले विल्सन एकेडेमीलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित ग¥यो । काष्ठमण्डप र चेल्सी वल्र्ड स्कुल सेमिफाइनलमा पुगे । जुनियर ब्वाइजको फुटसलमा काष्ठमण्डप र एनसीसीएसले सेमिफाइनल यात्रा तय गरे । २ टोलीको टुंगो लाग्न बाँकी छ ।
बास्केटबलको ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले एलआरआईलाई ५३–३९, क्याम्पियन एकेडेमीले एनबीएफएलाई ४५–२४ र विल्सनले काष्ठमण्डपलाई ५५–२५ ले पाखा लगाउदै सेमिफाइलनमा स्थान पक्का गरे । टीआईए प्रतिद्वन्द्वीबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनल बीआईएस र विल्सन तथा क्याम्पियन र टीआईएबीच हुनेछ । गल्र्सको सेमिफाइनलमा काष्ठमण्डप र चाँदबाग तथा एनसीसीएस र बीआईएस भिड्ने छन् ।


