संकटा र पुलिसबीचको खेल बुधबार


काठमाडौं । एन्फा महिला लिग अन्तर्गत संकटा फुटबल क्लब र विभागिय टोली नेपाल पुलिस क्लबबीचको खेल बुधबार हुने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

वर्षाका कारण गत शनिबार तय भएको खेल स्थगित भएको थियो। पुलिस ८ खेलमा १८ अंकका साथ तेस्रो स्थानमा तथा समान खेलबाट ८ अंकका साथ संकटा सातौं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको