
काठमाडौं । बागमती ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान) को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो।
बागमती च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स, अनर अफ किंंग्स र ई फुटबल गरी चार खेललाई समावेश गरिएको छ। खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजक संस्था ई स्पोर्ट्स संघ नेपालले जनाएको छ।
प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने ईशानका सचिव आशिष दाहालले जानकारी दिए। दशैं लगत्तै छनोट खेल र कात्तिक ९ र १० मा ल्यान ईभेन्ट सञ्चालन गर्ने तालिका रहेको दाहालले बताए।
प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले ईशानको राष्ट्रिय च्याम्पियनसिपको फाइनल चरणमा स्थान बनाउनेछन्।