लिलसँग रियल मड्रिड पराजित


काठमाडौं । फ्रान्सेली क्लब लिलले रियल म्याड्रिडलाई पराजित गरेको छ।

च्याम्पियन्स लिग समूह चरणको खेलमा बुधबार राति लिलले रियललाई १–० गोलले पराजित गरेको हो।

यो पराजयसँगै स्पेनिस क्लब रियल मडको ३६ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ।

पहिलो हाफको अतिरिक्त समयमा लिलले पेनाल्टीको मौका पायो उक्त पेनाल्टीलाई जोनाथन डेभिडले गोलमा परिणत गरेका थिए।

पहिलो जित निकालेको लिल दुई खेलमा तीन अंकका साथ १८औं स्थानमा छ। पहिलो पराजय ब्यहारेको रियाल समान खेलबाट तीन अंकका साथ १७औं स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको