युभेन्टसको दोस्रो जित


काठमाडौं । इटालियन क्ल्ब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

गएराति भएको खेलमा युभेन्टसले आरबी लाइप्जिगलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

पाहुना टोली युभेन्टसको जितमा दुसान भ्लाहोभिकले दुई तथा फ्रान्सिस्कोले एक गोल गरे। यता, लाइप्जिगका लागि बेन्जामिन सेस्कोले गरेको दुई गोल सान्त्वना बन्यो।

पहिलो हाफमा १–इ गोलले पछि परेको युभेन्टसले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै तीन गोल गर्न सफल भयो।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको युभेन्टस सातौँ स्थानमा छ। यता, पराजित लाइप्जिग अंकविहिन छ,


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको