काठमाडौं । लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी कायमै राखेको छ।
बुधबार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो।
लिभरपुलको जितमा एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरे।
जितसँगै दुई खेलमा ६ अंक जोडेको लिभरपुल पाँचौं स्थानमा छ। पहिलो पराजय ब्यहोरेको बोलोग्ना समान खेलबाट एक अंकका साथ २६औं स्थानमा छ।
खेलको ११औं मिनेटमा एलिस्टरको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो।
सलाहले ७५औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।


