एभरेस्ट महिला भलिबल लिग : बिहिवार तीन खेल


काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा बिहिवार तीन खेल हुँदै छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने दिनको पहिलो खेल दिउँसो ३ः४५ बजे काठमाडौं स्पाइकस्ले मधेश युनाइटेडको सामना गर्दै छ।

जारी लिगमा तीन खेलबाट ६ अंक जोडेको काठमाडौं मधेसलाई पराजित गरेको खण्ड्मा फाइनल प्रवेशको सम्भावना बलियो बनाउँने छ। यता, यसअघिका तीन खेलमा पराजय व्यहोरेको मधेस सान्त्वना जितको खोजिमा हुनेछ।

यस्तै, तीनको दोस्रो खेलमा कर्णाली यश्विजले चितवन शक्तिको गर्दै छ। यो खेल साँझ ५ः४५ मा सुरु हुनेछ।

यसअघिका तीनै खेलमा जित हासिल गरेको कर्णाली आठ अंकका साथ शीर्ष स्थानमा छ। यस खेलमा पनि विजयी हुन्छ भने कर्णलीले फाइनल प्रवेशको सम्भावना बलियो रहनेछ। समान खेलबाट चितवनको ६ अंक रहेको छ।

यसैगरी दिनको अन्तिम खेलमा ललितपुर क्विन्स र गण्डकी थन्र्डसको सामना गर्ने छ। यता, ललितपुरले दुई जित र एक हारसहित ६ अंक रहेको छ। गण्डकी भने तीनै खेलमा पराजय व्यहोरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको