काठमडौंको तेस्रो जित


काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा काठमडौं स्पाइकर्सले लगातार तेस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको पहिलो खेलमा मधेश युनाइटेडलाई काठमाडौंले ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट १५–२५ ले गुमाएको काठमाडौंले त्यसपछिका तीन सेट २५–२३, २५–१५, २५–१८ ले आफ्नो पक्षमा पार्यो।

जितसँगै चार खेलमा ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ। चारै खेलमा पारजित मधेश अंकविहन हुँदै पुछारमा छ।

यसअघि ललितपुर क्सिन्ससँग ३–१ को सेटमा पराजित भएको काठमाडौंले चितवन शक्ति र गण्डकी थन्डर्सलाई समान ३–१ को सेटमा हराएको थियो।

मधेश यसअघि कर्णाली यश्विज, ललितपुर र चितवनसँग समान ३–१ सेटमा पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको