
काठमाडौं । चेल्सीले युरोपियन कम्फेरेन्स लिगमा सहज जित हासिल गरेको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा लण्डन क्लबले जेन्टलाई ४–२ ले पराजित गरेको हो।
चेल्सीको जितमा रेनाटो वेइगा, पेड्रो नेटो, क्रिष्टिफर एकुन्कु र केइरमान हलीले गोल गरे। बेल्जियन क्लब जेन्टको लागि सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान एक गोल गरे।
चेल्सीले पहिलो हाफमा १ गोल गरेको थियो। दोस्रो हाफमा तीन गोल गर्दा दुई गोल बेहोरेको थियो।
पहिलो खेलमै जित निकालेको चेल्सीको तीन अंक छ।