महिला टिमको लगातार दोस्रो हार


काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग %–१७ को स्कोरमा पारजित भएको हो।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। नेपालले शुक्रबारनै समूह चरणको अन्तिम खेलमा ७:०२ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालको पुरुष टिम पनि बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको थियो भने उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भयो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको