काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णाली यश्विज ललितपुरलाई ३–२ को सेटमा पराजित गरेको हो।
सुरुआतका दुई सेट २५–१७ र २५–२० ले आफ्नो पक्षयमा पारेको कर्णालीले त्यसपछि लगातार दुई सेट गुमाएपछि खेलको निर्णय पाँचौँ सेटबाट पुगेको थियो।
पाँचौँ सेटमा १५–१३ ले जित हासिल गर्दै कर्णली च्याम्पियन बनेको छ।
कर्णली यस प्रतियोगिताका सबै खेलमा जित हासिल गर्दै च्याम्पियन बनेको हो।
त्यसअघि ललितपुरले तेस्रो सेटमा २५–१२ चौथो सेटमा २५–१८ ले आफ्नो पक्षमा पारेको थियो।


