भेट्रान्स कप फुटबल कार्तिक पहिलो साता


काठमाडौं । दोस्रो संस्करणको भेट्रान्स कप फुटबल प्रतियोगिता २०८१ कार्तिक पहिलो साताबाट आयोजना हुने भएको छ।

फुटबल मिसन टुगेदरको आयोजनामा हुने यस प्रतियोगितामा ४० वर्ष माथिका फुटबलरहरुको सहभागीता रहने छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक सहयोगमा हुने प्रतियोगिता असोज ३ गतेदेखि मध्यपुर फुटबल मैदानमा हुनेछ। २१ टोलीको सहभागीता रहने प्रतियोगिताका विजेताले रु ८ लाख र दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यबस्था गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको आयोजनाका लागि कुल ३१ लाखको अनुमान गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा रहेको नागार्जुन नगरपालीकाले १५ लाख नगद उपलब्ध गराउने छ। प्रतियोगिताका लागि अपुग रकम अन्य प्रायोजक तथा टिम दर्ता शुल्कबाट व्यबस्था गरिने छ। काठमाडौं उपत्यकाका टोली दर्ता गर्न रु २० हजार तथा उपत्यका बाहिरका टोली दर्ताका लागि रु ५ हजार लाग्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको