
काठमाडौं । नेपाल काभा यु–२० च्याम्पियनसिपको दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको छ।
श्रीलंककाको कोलम्बोमा सोमबार भएको खेलमा नेपाल ३–१ को सेटमा पराजित भएको हो।
नेपालले सुरुआत दुई सेट १९–२५, १४–२५ ले गुमाएको थिए। निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नेपालले २९–२७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत देखाएका थियो। तर, चौथो सेटमा नेपाल १४–२५ ले पराजित भयो।
हारसँगै नेपाललको दुई खेलमा तीन अंक छ। पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
अब नेपालले मंगलबार माल्दिभ्सको सामना गर्नेछ।