काभा यु–२० भलिबल : नेपालले माल्भ्सिको समाना गर्दै


काठमाडौं । काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा मंगलबार नेपालले माल्भ्सिको समाना गर्दैछ ।

श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ।

जारी प्रतियोगितामा दुई खेलाबाट दुई अंक जोडेको नेपाल दोस्रो जितको लक्ष्यमा छ। यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने सोमबार उज्वेकिस्तानसँग ३–१ सेटको हार ब्यहोरेको थियो ।

यता, माल्दिभ्सले भने अघिल्ला दुवै खेल गुमाएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको