
काठमाडौं । नेपाल काभा यु–२० च्याम्पियनसिपको उज्वेकिस्तानसँग खेल्दै छ।
श्रीलंकाको कोलम्बोमा शनिबार हुने खेल नेपाली समयअनुसार दिउँसो ३ बजेबाट सुरु हुनेछ।
नेपालले शुक्रकार लिग चरणको आफ्नो अन्तिम खेलमा तुर्केमेनिस्तानमाथि ३–० को सोझो सेटको जित हासिल गरे थियो।
नेपाल समूह चरणको खेलमा लिगको दोस्रो स्थानमा रहदै फाइनल प्रवेश गरेको हो।
उज्वेकिस्तान सतप्रतिशत जित सहित फाइनल प्रवेश गरेको हो। उसले समूह चरणका सबै पाँचै खेलमा जित निकालेको थियो।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन्।