काठमाडौं । विक्रम महर्जनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
एन्फाले बिहीबार महर्जनलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको जानकारी दिएको हो। महर्जनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे।
यसैगरी एन्फाले सुमितकुमार आलेलाई सहायक प्रशिक्षक तथा राज महर्जनलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ।
तपाईको प्रतिक्रिया !!!


