
काठमाडौं। कप्तान क्रिस्टियानो रोनाल्डोले इन्पजुरी समयमा पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिग विजयी हासिल गरेको छ।
अल–शबाब क्लब स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोली अल–शबाबलाई नासरले २–१ ले पराजित गरेको हो।
अल नासरको जितमा एमेरिक लापोर्टे र रोनाल्डोले गोल गरे। खेलको ६९औं मिनेटमा लापोर्टेको गोलमार्फत पाहुना टोली नासरले सुरुआती अग्रता लिएको थियो। तर, ९०औं मिनेटमा नासरका अली अल हसनले आत्मघाती गोद्य गरेपछि शबाब खेलमा फर्कियो।
तर, इन्जुरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै नासरको जित पक्का गरे।
जितसँगै नासरले साविक विजेता अल हिलालसँगको अंक दूरी चारमा झारेको छ। जारी लिगमा सात खेलबाट अल हिलाले २१ अंक पुर्याएको छ। नासरको भने १७ अंक छ। पराजित शबाबको समान खेलबाट १२ अंक छ।