काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जीत हासिल गरेको छ।
आठौँ साताको खेल अन्तर्गत शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डमाथि २–१ गोलको पुनरागमन जीत हासिल गरेको हो।
युनाइटेडको जीतमा अलेजान्डर गार्नाचो र रास्मस होजलन्डले गोल गरे। यता, ब्रेन्टफोर्डको लागि इथान पिनोकले गरेको गोल सान्त्वना बन्यो।
जीतसँगै युनाइटेडले जारी सिजन आठ खेलबाट ११ अंक जोडेर १०औँ स्थानमा उक्लिएको छ। पराजित ब्रेन्टफोर्ड भने समान खेलबाट १० अंकसहित १२औँ स्थानमा छ।
पहिलो हाफको अतिरिक्त समयको सातौँ मिनेटमा इथानको गोलबाट ब्रेन्टफोर्डले सुरुआती अग्रता बनाएको थियो।
तर, दोस्रो हाफको दोस्रो मिनेटमै अलेन्जाडन्रले गोल गर्दै खेल १–१ को बराबरी अवस्थामा ल्याए। त्यसपछि ६२औँ मिनेटमा रास्मसले गोल गरेपछि युनाइटेडले २–१ को अग्रता बनाएको थियो।
अन्य खेलको नतिजा
फुलह्यामविरुद्ध एस्टन भिल्ला (१–३)
न्युक्यासल युनाइटेडविरुद्ध ब्राइटन (०–१)
इप्सविच टाउनविरुद्ध एभटएन (०–२)


