नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य


काठमाडौं । नेपालले घरेलु टोली अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।

अमेरिकाविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो।

नेपालका लागि कुशल भुर्तेलले आक्रमक पारी खेले। उनले ५४ बलको सामना गर्दै ६ छक्का र ७ चौकाको मद्यतमा ९२ रनको बनाए।

ओपनर अनिलकुमार शाह २५, गुलसन झा १९ तथा कप्तान रोहितकुमार पौडेलले १८ रन बनाएर आउट भए। भने करण केसी ६ रनमा अविजित रहे।

यस्तै, अर्को ओपनर आसिफ शेखले एक रन, दीपेन्द्रसिंह ऐरी दुई, आसिप शेख एक रन मात्रै बनाउन सके।

जसदीप सिंह र नोस्थस केन्जीगेले २/२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।

यसअघि पहिलो टी–२० सिरिजमा नेपालले अ‍ेमिरकालाई १७ रनले पराजित गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको