मालिकादेवी कप : खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा सुकुटे र भिमटार खेल्ने


सिन्धुपाल्चोक । चौथो संस्करणको मालिका देवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

चौतारा साँगाचोकगढी ७ मेलचौर दरबारडाँडा खेलमैदानमा हुने प्रतियोगितामा सहभागि २१ टिमलाई दुई पोलमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको हाे।

उक्त तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा भिमटार बोइजले सुकुटे युवा जागरण मञ्चसँग खेल्ने छ। यो खेल बिहान ११ बजेबाट सुरु हुनेछ।

पहिलाे दिन उद्घाटन खेलसहित चार खेल हुनेछ।

यस्तै दोस्रो खेल दिउँसो १:३० बजे जिल्लाप्रहरी कार्यालय, सिन्धुपाल्चोकले बजे १:३० बाट सुरु हुनेछ।

आगामी १० गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ।

प्रतियोगिाको सबै खेलहरु नेप्लेज डटकमको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण हुने छ।

चौथो मालिकादेवी कपमा सहभागि टिम
१. सेतीदेवीयुवाक्लव, कुविण्डे
२. भिमटार बोइज, भिमटार
३. सुकुटे युवाजागरण मञ्च
४. सुनकोशी ए
५. सुनकोशी बी
६. राईबोइज, झापा
७. स्याउँले टिम शिल्ड
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६
९. जिल्लाप्रहरी कार्यालय, (वारियर्स एफसी)
१०. जिल्लाप्रहरी कार्यालय, सिन्धुपाल्चोक
११. सिर्जनशिल समाज, सिरानचौर
१२. साँगाचोक युवाक्लव
१३. चौतारा स्पोर्टिङ क्लब
१४. सिंहमतियुवाक्लव
१५. मेलचौर युवाजागरण समाज
१६. पोखरे युवा समाज
१७. रानिटार युवा क्लब
१८. रोयल्स फेफिली
१९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८
२०. धार्पा युवा क्लब
२१ .इन्द्रावती सिर्जनशिल युवा समाज


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको